• काठमाडौं ।

    कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन्। मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन्। पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन्। केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको स्रोतले बतायो। निर्वाचन समीक्षाका लागि ९ चैतमा सुरु भएके केन्द्रीय समितिको अन्तिम बैठकमा देउवाले पदाधिकारीको नाम प्रस्ताव गर्ने स्वकीय सचिव भानु देउवाले बताए। सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो। तर, खड्का र विश्वकर्माको नाममा पार्टीभित्र असन्तुष्टि छ।