

-
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीसहित ३० उच्च अधिकृतहरुले अवकाश पाएर उनीहरुलाई संगठनले बिदाइ गरेको छ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाए। नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई इन्चार्ज बुझाएर अर्याल बिदा भएका हुन्।
एआइजीहरु जयबहादुर चन्द, देवेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपती उपाध्याध्य, बिजयलाल कायस्थ, पंकज श्रेष्ठ, विजय भट्ट, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, रणबहादुर चन्द, हेमन्त पाल, माधव नेपाल, मिङमार लामा र मधु पुडासैनीले अनिवार्य अवकाश पाएका हुन्। त्यस्तै, सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठ र एआइजीहरु प्रेम शाही र प्रकाश ओझाको पनि संगठनले बिदाइ गरेको छ।
त्यस्तै, डिआइजीहरु गणेश केसी, भोगबहादुर थापा, केदार मानसिंह भण्डारी, पुष्कल रेग्मी, रमेश भट्टराई, पुष्प रञ्जित, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य,गोविन्द निरौला र एसएसी बिष्णुहरि गौतमले पनि अवकास पाएका छन्। उनीहरु २०४४ साल चैत २८ गते एकैदिन इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।
प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई फूलमाला लगाएर बिदाइ गरियो। आइजिपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएर बिदा भएका रमेश खरेल भने बिदाइ कार्यक्रममा गएनन्।
News Desk 0 response बुधबार, चैत्र २८, २०७४

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३
-
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



