

-
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीसहित ३० उच्च अधिकृतहरुले अवकाश पाएर उनीहरुलाई संगठनले बिदाइ गरेको छ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाए। नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई इन्चार्ज बुझाएर अर्याल बिदा भएका हुन्।
एआइजीहरु जयबहादुर चन्द, देवेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपती उपाध्याध्य, बिजयलाल कायस्थ, पंकज श्रेष्ठ, विजय भट्ट, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, रणबहादुर चन्द, हेमन्त पाल, माधव नेपाल, मिङमार लामा र मधु पुडासैनीले अनिवार्य अवकाश पाएका हुन्। त्यस्तै, सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठ र एआइजीहरु प्रेम शाही र प्रकाश ओझाको पनि संगठनले बिदाइ गरेको छ।
त्यस्तै, डिआइजीहरु गणेश केसी, भोगबहादुर थापा, केदार मानसिंह भण्डारी, पुष्कल रेग्मी, रमेश भट्टराई, पुष्प रञ्जित, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य,गोविन्द निरौला र एसएसी बिष्णुहरि गौतमले पनि अवकास पाएका छन्। उनीहरु २०४४ साल चैत २८ गते एकैदिन इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।
प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई फूलमाला लगाएर बिदाइ गरियो। आइजिपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएर बिदा भएका रमेश खरेल भने बिदाइ कार्यक्रममा गएनन्।
News Desk 0 response बुधबार, चैत्र २८, २०७४


सम्बन्धित शीर्षकहरु
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९