• काठमाडौँ । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ट्रायल सेवा सुरु गर्ने भएको छ । नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. गुर्जुधारा ठूलो भर्याङले मंगलबारबाट निःशुल्क ट्रायल सेवा सुरू गरेको हो ।
    लाइसेन्स वितरणका लागि ट्रायल परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वाेच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले निःशुल्क ट्रायल सेवा सुुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
    निःशुल्क ट्रायल सेवा सुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भर्याङ र भक्तपुरस्थित सल्लाघारी रहेको विभागले जनाएको छ ।