• काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको भारत भ्रमणका वेला कुनै सन्धि सम्भौता नहुने स्पष्ट पारेका छन् । यो भ्रमण सद्ध्भावना भ्रमण मात्र भएको ओलीको भनाई थियो । बुधवार बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे । विगतका सन्धी सम्झौता कार्यन्वयनमा जोड भने दिईने ओलीले स्पष्ट पारे । यो भ्रमणले नेपाल र भारत बीचको सम्वन्धमा अझ मधुरता आउने ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बिश्वास दिलाए ।
    छलफलमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल,झलनाथ खनाल, पुष्पकमल दाहाल,शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिति थियो । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिए । पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
    नेपाल भारतको सम्वन्ध भाइ भाइको हैन मित्र÷मित्र जस्तो हुने बातारण तयार गर्न ओलीलाई सुझाव आएको छ ।
    पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत हुनु पर्नेमा जोड दिएका छन् । छलफलमा पराष्ट्र मन्त्री प्रदिप ज्ञवाली,नेपाल भारत प्रवुद्ध व्यक्ति समुहको पनि सहभागिता थियो ।