

-
काठमाडौं ।
प्रधानमन्त्री अध्यक्ष रहने संबैधानिक परिषद्ले पूर्णता पाइसके छ । तर, पनि बैठक बस्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यस्तता र यसै साता भारत भ्रमणमा जाने भएकाले पनि यो र्बैठक वस्ने संभावना देखिदैन ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले कार्यसम्पादन गर्दै आएका छन्। वरिष्ठताका आधारमा जोशी नै प्रधान न्यायाधीश हुने लाइनमा छन्।तर, नियुक्ति भएका छैनन् ।
न्यायपरिषद्बैठक बसी वरिष्ठताका आधारमा तीनजना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ। पहिलो नम्बरमा जोशीको नाम रहेको छ।संवैधानिक परिषद्ले सिफारिस गरेपछि संसदीय समितिमा सुनुवाइका लागि पठाउनुपर्ने व्यवस्था छ।
तर, संघीय संसदमा सुनुवाइ समिति गठन हुन सकेको छैन। संवैधानिक समितिको बैठक बसी पत्र पठाएमा संयुक्त नियमावली बनाएर सुनुवाइ समिति गठन हुनसक्ने व्यवस्था छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रियामा गएको वताउँछन् । सुनुवाइ समिति नभएकाले सिफारिस गरेर मात्र नहुने उनले बताए।
प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्दा राजनीतिक तथा भ्रष्टाचारसम्बन्धी महत्वपूर्ण मुद्दा पेशी सूचीमा चढ्न सकेका छैनन्। सर्वोच्च स्रोतका अनुसार राजनीतिक विषयका मुद्दा, भ्रष्टाचार सम्बन्धी मुद्दा कामु प्रधान न्यायाधीश हुँदाताका पेशीमा चढ्ने गरेका छैनन्।
प्रधानमन्त्री व्यस्त भएकाले संवैधानिक परिषद्को बैठक बस्न नसकेको प्रधानमन्त्री स्रोतले जनाएको छ। प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र यो प्रकृया अघि बढ्ने कारण तत्काल प्रधानन्यायाधीश नियुक्त हुने संभवना छैन ।
News Desk 0 response मङ्लबार, चैत्र २०, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



