

-
काठमाडौं ।
प्रधानमन्त्री अध्यक्ष रहने संबैधानिक परिषद्ले पूर्णता पाइसके छ । तर, पनि बैठक बस्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यस्तता र यसै साता भारत भ्रमणमा जाने भएकाले पनि यो र्बैठक वस्ने संभावना देखिदैन ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले कार्यसम्पादन गर्दै आएका छन्। वरिष्ठताका आधारमा जोशी नै प्रधान न्यायाधीश हुने लाइनमा छन्।तर, नियुक्ति भएका छैनन् ।
न्यायपरिषद्बैठक बसी वरिष्ठताका आधारमा तीनजना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ। पहिलो नम्बरमा जोशीको नाम रहेको छ।संवैधानिक परिषद्ले सिफारिस गरेपछि संसदीय समितिमा सुनुवाइका लागि पठाउनुपर्ने व्यवस्था छ।
तर, संघीय संसदमा सुनुवाइ समिति गठन हुन सकेको छैन। संवैधानिक समितिको बैठक बसी पत्र पठाएमा संयुक्त नियमावली बनाएर सुनुवाइ समिति गठन हुनसक्ने व्यवस्था छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रियामा गएको वताउँछन् । सुनुवाइ समिति नभएकाले सिफारिस गरेर मात्र नहुने उनले बताए।
प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्दा राजनीतिक तथा भ्रष्टाचारसम्बन्धी महत्वपूर्ण मुद्दा पेशी सूचीमा चढ्न सकेका छैनन्। सर्वोच्च स्रोतका अनुसार राजनीतिक विषयका मुद्दा, भ्रष्टाचार सम्बन्धी मुद्दा कामु प्रधान न्यायाधीश हुँदाताका पेशीमा चढ्ने गरेका छैनन्।
प्रधानमन्त्री व्यस्त भएकाले संवैधानिक परिषद्को बैठक बस्न नसकेको प्रधानमन्त्री स्रोतले जनाएको छ। प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र यो प्रकृया अघि बढ्ने कारण तत्काल प्रधानन्यायाधीश नियुक्त हुने संभवना छैन ।
News Desk 0 response मङ्लबार, चैत्र २०, २०७४

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



