
सूर्य चिन्ह र जनयुद्धको गाँठो फुकाउने जिम्मा संयोजन समितिमा
एमाले माओवादी एकताको वाधक , जनयुद्ध र सूर्य ?
-
काठमाडौं ।
एमाले–माओवादीबीच एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन नसकिरहेका बेला एकता संयोजन समितिको बैठक बस्न लागेको छ ।
एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । एमाले–माओवादीबीच एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा हुन नसकिरहेका कारण एकताका बिषयमा धेरै कुरा वाहिर आएका छन् । यसलाई निर्णय एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगो लगाउन संयोजन समितिको बैठक बस्न लागेको नेताहरुले वताएका छन् । यस बीचमा नेताहरुले आफूखुशी अभिब्यक्ति समेत दिईरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले त पचास पचास प्रतिशतको आधारमा एकता हुने अभिब्यक्ति दिएका छन् । यो अभिब्यक्तिलाई एकता भाड्ने संज्ञाका रुपमा एमाले नेताहरुले आफ्ना धारणा राखेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकता संयोजन समितिले गठन गरेको दुई समितिले प्रतिवेदन बुझाउने कार्ययोजना रहेको छ । उपसमितमा जनयुद्ध शब्दका बिषय र चुनाव चिन्हका बिषयमा कुरा मिलेको छैन । उपसमितिले जस्ताको तस्तै प्रतिवेदन संयोजन समितिलाई बुझाउने छ ।
एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।
एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ ।
पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत फागुन ७ मा सहमति गरेका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र २०, २०७४


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग
बिहिबार, जेष्ठ १२, २०७९-
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९
-
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९ -
कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९