

सूर्य चिन्ह र जनयुद्धको गाँठो फुकाउने जिम्मा संयोजन समितिमा
एमाले माओवादी एकताको वाधक , जनयुद्ध र सूर्य ?
-
काठमाडौं ।
एमाले–माओवादीबीच एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन नसकिरहेका बेला एकता संयोजन समितिको बैठक बस्न लागेको छ ।
एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । एमाले–माओवादीबीच एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा हुन नसकिरहेका कारण एकताका बिषयमा धेरै कुरा वाहिर आएका छन् । यसलाई निर्णय एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगो लगाउन संयोजन समितिको बैठक बस्न लागेको नेताहरुले वताएका छन् । यस बीचमा नेताहरुले आफूखुशी अभिब्यक्ति समेत दिईरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले त पचास पचास प्रतिशतको आधारमा एकता हुने अभिब्यक्ति दिएका छन् । यो अभिब्यक्तिलाई एकता भाड्ने संज्ञाका रुपमा एमाले नेताहरुले आफ्ना धारणा राखेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकता संयोजन समितिले गठन गरेको दुई समितिले प्रतिवेदन बुझाउने कार्ययोजना रहेको छ । उपसमितमा जनयुद्ध शब्दका बिषय र चुनाव चिन्हका बिषयमा कुरा मिलेको छैन । उपसमितिले जस्ताको तस्तै प्रतिवेदन संयोजन समितिलाई बुझाउने छ ।
एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।
एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ ।
पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत फागुन ७ मा सहमति गरेका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र २०, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



