

-
ललितपुर ।
कृषियोग्य जमिन बाँझो राख्न नहुने कानून निर्माणको लागि पहल गरिरहेका कानूनमन्त्री शेरवहादुर तामाङले ‘क्वाटर’को सरकारी जमिन वाँझो नराख्ने नीति अवलम्वन गरेका छन् । मन्त्रीहरुको सरकारी निवास वरपर २५ रोपनी भन्दा धेरै जमिन बाँझो रहेकाले त्यहाँ अनिवार्य खेतीगर्ने योजना अनुरुप मन्त्री तामाङले आफ्नो निवासको जमिनमा आज तरकारी खेतीको सुरुवात गरेका छन् । प्रधानमन्त्री केपी ओलीले पनि कृषिको विकासमा जोड दिएको र देशको सम्वृद्धिका लागि खेतीयोग्य जमिन बाँझो राख्न नहुने हुनाले पनि यहाँका बाझो जमिनलाई तरकारी वारी वनाउन लागिएको मन्त्री तामाङले वताए ।
News Desk 0 response सोमवार, चैत्र १९, २०७४
निवास वरपरका जमिनमा अर्गानिक तरकारी खेती गर्नका लागि मन्त्री आफैले जोतेका छन् । जोतेपछि यो ठाउँमा आधुनिक तवरले तरकारी खेती गरिने मन्त्रीले वताए । ‘मन्त्रीका लागि पर्याप्त सरकार जनशक्ति पनि हुन्छन् । बाँझो जमिन पनि हुन्छ । तर, तरकारी भने किनेर खानु पर्ने बाध्यता रहेको छ । यसलाई हटाउन पनि आफै तरकारी खेती गर्नु आवश्यक भएको तामाङ पत्नी उषाकला राईले वताईन् ।
नीजी निवासमा वसुञ्जेल मौसमी तरकारी यही जमिनवाट उत्पादन गर्ने उनीहरुको योजना रहेको छ । यसलाई अन्य मन्त्रीहरुले पनि अंगिकार गर्नु पर्ने राईको भनाई छ ।


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२