

-
ललितपुर ।
कृषियोग्य जमिन बाँझो राख्न नहुने कानून निर्माणको लागि पहल गरिरहेका कानूनमन्त्री शेरवहादुर तामाङले ‘क्वाटर’को सरकारी जमिन वाँझो नराख्ने नीति अवलम्वन गरेका छन् । मन्त्रीहरुको सरकारी निवास वरपर २५ रोपनी भन्दा धेरै जमिन बाँझो रहेकाले त्यहाँ अनिवार्य खेतीगर्ने योजना अनुरुप मन्त्री तामाङले आफ्नो निवासको जमिनमा आज तरकारी खेतीको सुरुवात गरेका छन् । प्रधानमन्त्री केपी ओलीले पनि कृषिको विकासमा जोड दिएको र देशको सम्वृद्धिका लागि खेतीयोग्य जमिन बाँझो राख्न नहुने हुनाले पनि यहाँका बाझो जमिनलाई तरकारी वारी वनाउन लागिएको मन्त्री तामाङले वताए ।
News Desk 0 response सोमवार, चैत्र १९, २०७४
निवास वरपरका जमिनमा अर्गानिक तरकारी खेती गर्नका लागि मन्त्री आफैले जोतेका छन् । जोतेपछि यो ठाउँमा आधुनिक तवरले तरकारी खेती गरिने मन्त्रीले वताए । ‘मन्त्रीका लागि पर्याप्त सरकार जनशक्ति पनि हुन्छन् । बाँझो जमिन पनि हुन्छ । तर, तरकारी भने किनेर खानु पर्ने बाध्यता रहेको छ । यसलाई हटाउन पनि आफै तरकारी खेती गर्नु आवश्यक भएको तामाङ पत्नी उषाकला राईले वताईन् ।
नीजी निवासमा वसुञ्जेल मौसमी तरकारी यही जमिनवाट उत्पादन गर्ने उनीहरुको योजना रहेको छ । यसलाई अन्य मन्त्रीहरुले पनि अंगिकार गर्नु पर्ने राईको भनाई छ ।

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



