• काठमाडौं।

     विद्यार्थी संगठनको आन्दोलनपछि शिक्षक सेवा आयोगले चैत २३ गतेको परीक्षा स्थगित गरेको छ। २३ गतेका लागि तय भएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरिएको हो।
    अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि २३ गते परीक्षा राखिएको थियो।

    आन्तरिक र खुला विज्ञापन सँगसँगै गरी पदपूर्तिलाई व्यवस्थापन गर्न उपयुक्त हुने भएकाले परीक्षा स्थगित गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

     नवौं शिक्षा ऐनको खारेज र अस्थायी शिक्षकको परीक्षा स्थगनको माग गर्दे विद्यार्थी संगठनहरुले आन्दोलन सुरु गरेका छन्।