

-
काठमाडौं । भारत भ्रमण अघि नै पार्टी एकता गर्ने एमाले अध्यक्ष केपी ओलीको प्रस्ताव कार्यदलले समयमै काम नसक्दा एकता धकेलिएको छ।
प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्रीले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो भ्रमणअगाडि नै एकता टुंगो लगाउन प्रस्ताव गरेका थिए।
कार्यदलले संगठनात्मक सबै संरचनालगायत विषय टुंगो लगाए पनि अझै चुनाव चिह्न, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्नेदेखि पार्टी एकतापछि बन्ने कमिटीमा कुन पक्षका कतिलाई सहभागिता गराउने भन्ने विषय टुंगो लाग्न सकेको छैन।
छलफल भए पनि टुंग्याउने र सहमति जुटाउनेतिर कुरा नगएका कारण तत्काल एकता नुहुने भएको हो । बिवादका विषय एकता संयोजन समितिमै पठाइदिनेतिर नेताहरु देखिएका छन् ।
उता, अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले प्रतिवेदनलाई मूर्तता दिने गरी छलफल बिहीबारबाट मात्र केन्द्रित गरेका छन्। बिहीबार अबेरसम्म कार्यदलका नेताहरू प्रतिवेदनलाई अन्तिम रूप दिन छलफलमा बसेका थिए। राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले पनि प्रतिवेदन तयार भएपछि दुवै कार्यदलले आ–आफ्नो प्रतिवेदन ओली–दाहाललाई बुझाउनु पर्नेछ। त्यसपछि दुवै पार्टीका शीर्ष नेता रहेको एकता संयोजन समिति र कार्यदलका सदस्यको संयुक्त बैठक बस्ने, नमिलेका विषय मिलाउने र प्रतिवेदन पारित गर्नुपर्ने कार्यसूची छ।
नमिलेका विषय मिलाउँदै विधान तथा दस्तावेज संयोजन समितिले पारित गर्ने र पारित डकुमेन्टलाई त्यसपछि भने दुवै पार्टीले आ–आफ्ना पार्टी कमिटीमार्फत पुनः पारित गर्नुपर्ने हुन्छ। अनि मात्र एकताको औपचारिक तिथिमिति घोषणा हुनेछ।
चुनाव चिह्न, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्नेदेखि एकतापछि बन्ने कमिटीमा कसका कति नेता राख्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन।
एमाले नेता वेदुराम भुसालका अनुसार एकीकृत पार्टी कमिटीहरूमा कुन पक्षका कति संख्याको सहभागिता हुने भन्ने यही बीचमा एकता संयोजन समितिले टुंगो लगाउनु पर्ने हुन्छ। एकीकृत पार्टीको माथिल्लो कमिटीमै कुन–कुन नेतालाई सहभागिता गराउने भन्ने विषय टुंग्याउन पनि दुवै पार्टीका शीर्ष नेतालाई सकस पर्ने देखिन्छ। ‘प्रधानमन्त्रीले हतारिएर काम नगर्न पछिल्लो निर्देशन दिनुभएकाले पनि उहाँको भारत भ्रमणअगाडि एकता हुने सम्भावना कमै देखिएको छ,’ उनले भने।
विधान टुंगो लगाइसकेको कार्यदलले पनि दुवै अध्यक्षसँग आफ्नो प्रतिवेदन बुझाउने समय बिहीबार साँझसम्म पनि मागेको छैन। अझै उसले एक–दुई दिन समय लिने देखिन्छ। माओवादीले एकता छलफल गर्न चैत २० मा मात्रै पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री ओली आफैँ पनि अब भारत भ्रमण तयारीमा जुट्नुपर्ने अर्को कार्यसूची पनि छ।
News Desk 0 response शुक्रबार, चैत्र १६, २०७४

सम्बन्धित शीर्षकहरु
-
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
मङ्लबार, असार २, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३
-
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
मङ्लबार, असार २, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



