

-
काठमाडौं । भारत भ्रमण अघि नै पार्टी एकता गर्ने एमाले अध्यक्ष केपी ओलीको प्रस्ताव कार्यदलले समयमै काम नसक्दा एकता धकेलिएको छ।
प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्रीले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो भ्रमणअगाडि नै एकता टुंगो लगाउन प्रस्ताव गरेका थिए।
कार्यदलले संगठनात्मक सबै संरचनालगायत विषय टुंगो लगाए पनि अझै चुनाव चिह्न, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्नेदेखि पार्टी एकतापछि बन्ने कमिटीमा कुन पक्षका कतिलाई सहभागिता गराउने भन्ने विषय टुंगो लाग्न सकेको छैन।
छलफल भए पनि टुंग्याउने र सहमति जुटाउनेतिर कुरा नगएका कारण तत्काल एकता नुहुने भएको हो । बिवादका विषय एकता संयोजन समितिमै पठाइदिनेतिर नेताहरु देखिएका छन् ।
उता, अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले प्रतिवेदनलाई मूर्तता दिने गरी छलफल बिहीबारबाट मात्र केन्द्रित गरेका छन्। बिहीबार अबेरसम्म कार्यदलका नेताहरू प्रतिवेदनलाई अन्तिम रूप दिन छलफलमा बसेका थिए। राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले पनि प्रतिवेदन तयार भएपछि दुवै कार्यदलले आ–आफ्नो प्रतिवेदन ओली–दाहाललाई बुझाउनु पर्नेछ। त्यसपछि दुवै पार्टीका शीर्ष नेता रहेको एकता संयोजन समिति र कार्यदलका सदस्यको संयुक्त बैठक बस्ने, नमिलेका विषय मिलाउने र प्रतिवेदन पारित गर्नुपर्ने कार्यसूची छ।
नमिलेका विषय मिलाउँदै विधान तथा दस्तावेज संयोजन समितिले पारित गर्ने र पारित डकुमेन्टलाई त्यसपछि भने दुवै पार्टीले आ–आफ्ना पार्टी कमिटीमार्फत पुनः पारित गर्नुपर्ने हुन्छ। अनि मात्र एकताको औपचारिक तिथिमिति घोषणा हुनेछ।
चुनाव चिह्न, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्नेदेखि एकतापछि बन्ने कमिटीमा कसका कति नेता राख्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन।
एमाले नेता वेदुराम भुसालका अनुसार एकीकृत पार्टी कमिटीहरूमा कुन पक्षका कति संख्याको सहभागिता हुने भन्ने यही बीचमा एकता संयोजन समितिले टुंगो लगाउनु पर्ने हुन्छ। एकीकृत पार्टीको माथिल्लो कमिटीमै कुन–कुन नेतालाई सहभागिता गराउने भन्ने विषय टुंग्याउन पनि दुवै पार्टीका शीर्ष नेतालाई सकस पर्ने देखिन्छ। ‘प्रधानमन्त्रीले हतारिएर काम नगर्न पछिल्लो निर्देशन दिनुभएकाले पनि उहाँको भारत भ्रमणअगाडि एकता हुने सम्भावना कमै देखिएको छ,’ उनले भने।
विधान टुंगो लगाइसकेको कार्यदलले पनि दुवै अध्यक्षसँग आफ्नो प्रतिवेदन बुझाउने समय बिहीबार साँझसम्म पनि मागेको छैन। अझै उसले एक–दुई दिन समय लिने देखिन्छ। माओवादीले एकता छलफल गर्न चैत २० मा मात्रै पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री ओली आफैँ पनि अब भारत भ्रमण तयारीमा जुट्नुपर्ने अर्को कार्यसूची पनि छ।
News Desk 0 response शुक्रबार, चैत्र १६, २०७४


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९