• काठमाडौं ।
    सडक विस्तार, ढल सुधार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडानका लागि पछिल्लो समय गरिएको उत्खननले काठमाडौं खाल्डोलाई स–साना खाल्टाको सहरमा परिणत गरिदिएको छ । यही कारण काठमाडौं धुलीमण्डलमा परिणत भएको छ । त्यसमाथि पुराना गाडीले फ्याँक्ने विषाक्त धूवा त छँदैछ । कान्तिपुर दैनिकका अनुसार प्रदूषणको मात्रा ह्वात्तै बढेको छ र हामीले लिने प्रत्येक श्वासमा जोखिम छ