

-
काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यले आफूहरुले दर्शकको रुची बुझेको बताएका छन् । लामो समयपछि फिचर फिल्म ‘शत्रु गते’ लिएर आएका उनले दर्शकले चाहे अनुसारको चलचित्र निर्माण गर्न सकेको बताएका हुन् ।
“फिल्मलाई दर्शकले रुचाउनु भएको छ । यो नै हाम्रो पहिलो सफलता हो । म आफै विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा शतप्रतिशत पोजेटिभ पाएको छु,” उनले भने, “हाँसो र रोदनको मिश्रणलाई दर्शकले रुचाउनु भएको छ । शनिवार फिल्म राजधानी तथा मोफसलमा हाउसफुल हुनु मात्र हाम्रो सफलता होइन फिल्मलाई दर्शकले राम्रो छ भन्नु नै हाम्रो पहिलो सफलता हो ।”
उनले महसञ्चारले चलचित्र ‘शत्रु गते’ चलचित्रको कलेक्सनको रेकर्ड ब्रेक गर्न मात्रै नबनाएको स्पष्ट पारे । “हामीले चलचित्र रेकर्ड तोड्न बनाएका हैनौं । हामीले दर्शकको मन जित्याैँ” आचार्यले भने, “लामो समयपछि मेकिङमा आउँदा हाम्रो टिमले दर्शकको रुची अनुसारको चलचित्र ल्याउन सक्यौँ । दर्शकको टेस्ट बुझ्यौँ ।”
प्रदीप भट्टराइले निर्देशन गरेको चलचित्र ‘शत्रु गते’ मा महजोडी सँगै दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, किरण केसी, पल शाह, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । गत शुक्रबारबाट रिलिज भएको चलचित्र अहिले प्रदर्शन भैरहेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



