

-
काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यले आफूहरुले दर्शकको रुची बुझेको बताएका छन् । लामो समयपछि फिचर फिल्म ‘शत्रु गते’ लिएर आएका उनले दर्शकले चाहे अनुसारको चलचित्र निर्माण गर्न सकेको बताएका हुन् ।
“फिल्मलाई दर्शकले रुचाउनु भएको छ । यो नै हाम्रो पहिलो सफलता हो । म आफै विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा शतप्रतिशत पोजेटिभ पाएको छु,” उनले भने, “हाँसो र रोदनको मिश्रणलाई दर्शकले रुचाउनु भएको छ । शनिवार फिल्म राजधानी तथा मोफसलमा हाउसफुल हुनु मात्र हाम्रो सफलता होइन फिल्मलाई दर्शकले राम्रो छ भन्नु नै हाम्रो पहिलो सफलता हो ।”
उनले महसञ्चारले चलचित्र ‘शत्रु गते’ चलचित्रको कलेक्सनको रेकर्ड ब्रेक गर्न मात्रै नबनाएको स्पष्ट पारे । “हामीले चलचित्र रेकर्ड तोड्न बनाएका हैनौं । हामीले दर्शकको मन जित्याैँ” आचार्यले भने, “लामो समयपछि मेकिङमा आउँदा हाम्रो टिमले दर्शकको रुची अनुसारको चलचित्र ल्याउन सक्यौँ । दर्शकको टेस्ट बुझ्यौँ ।”
प्रदीप भट्टराइले निर्देशन गरेको चलचित्र ‘शत्रु गते’ मा महजोडी सँगै दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, किरण केसी, पल शाह, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । गत शुक्रबारबाट रिलिज भएको चलचित्र अहिले प्रदर्शन भैरहेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२