• काठमाडौं । झापाको बिर्तामोडबाट सोमबारदेखि छायांकन सुरु भएको चलचित्र ‘नाईँ नभन्नु ल–५’ मा अभिषेक नेपाल र सेड्रिना शर्माले डेब्यू गरेका छन् । अभिषेकले स्वस्तिमा खड्कासँग जोडी बाँध्ने छन् भने सेड्रिनाले अनुभव रेग्मीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

    अभिषेक कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गरेका विद्यार्थी हुन् । निर्देशक विकास आचार्यले निर्देशन गर्दै गरेको चलचित्र झापा, इलाम तथा काठमाडौंमा सुटिङ हुनेछ ।

    भदौ ८ का लागि रिलिज डेट लिएको चलचित्रमा दुई नयाँ अनुहारसँगै यो पटक दिलिप रायमाझी र केकी अधिकारी पनि थपिएका छन् । प्रियंका कार्की, अनुभव रेग्मी, स्वस्तिमा खड्का पनि चलचित्रमा देखिने छन् ।

    विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्र पुरुषोत्तम प्रधानले खिच्दैछन् ।