-
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताएका छन् ।
माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँच पुर्याउनका लागि ऐन बनाउने बताए । उनले शिक्षा क्षेत्रलाई जागिर खानेमात्र नभएर राष्ट्र निर्माण गर्ने थलोका रुपमा लैजानुपर्ने उल्लेख गरे ।
‘जागिरलाई केन्द्रमा राखेर अब शिक्षा नीति नियमसमेत बन्दैन । शिक्षालाई जागिरे मानसिकताबाट टाढा राख्नुपर्छ’, उनले भने। मन्त्री पोखरेलले राजनीतिक पार्टीपिच्छे खोलिएका शिक्षक संगठनलाई गाभेर एउटै छाता संगठन महासंघ बनाउनुपर्ने बताए।उनले मुलुकमा समाजवाद आवश्यक रहेको औँल्याउँदै समाजवाद निर्माण गर्नका लागि शिक्षा क्षेत्रबाट अगुवाइ गरिनुपर्ने धारणा राखे । कार्यक्रममा अखिल ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्नुपर्ने भन्दै यसै आर्थिक वर्षबाट शिक्षामा २० प्रतिशत बजेट छुट्याउनु पर्ने बताए।
‘आजको समाजवाद र समाजवादी शिक्षा’ विषयक दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राजनीतिक विश्लेषक हरि रोक्का, झलक सुवेदीले प्रशिक्षण दिएका हुन्। प्रशिक्षण कार्यक्रममा देशभरिका १२५ जनाको सहभागिता रहेको छ ।
रासस
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४
सम्बन्धित शीर्षकहरु
अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक रुझानमा ट्रम्प अगाडि
बुधबार, कार्तिक २१, २०८१इजरायलका रक्षामन्त्री योभ ग्यालान्ट बर्खास्त
बुधबार, कार्तिक २१, २०८१राष्ट्रपति पौडेल आज अजरबैजान जाने
बुधबार, कार्तिक २१, २०८१आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २१, २०८१-
अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक रुझानमा ट्रम्प..
बुधबार, कार्तिक २१, २०८१ -
इजरायलका रक्षामन्त्री योभ ग्यालान्ट बर्खास्त
बुधबार, कार्तिक २१, २०८१ -
राष्ट्रपति पौडेल आज अजरबैजान जाने
बुधबार, कार्तिक २१, २०८१ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २१, २०८१ -
कात्तिक नाच आजदेखि शुरु
बुधबार, कार्तिक २१, २०८१
-
अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक रुझानमा ट्रम्प..
बुधबार, कार्तिक २१, २०८१ -
इजरायलका रक्षामन्त्री योभ ग्यालान्ट बर्खास्त
बुधबार, कार्तिक २१, २०८१ -
राष्ट्रपति पौडेल आज अजरबैजान जाने
बुधबार, कार्तिक २१, २०८१ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २१, २०८१ -
कात्तिक नाच आजदेखि शुरु
बुधबार, कार्तिक २१, २०८१
-
तिहारको विदामा एक पटक पुग्नै पर्ने उत्कृष्ठ..
शुक्रबार, कार्तिक १६, २०८१ -
मीनबहादुरले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना..
सोमवार, कार्तिक १२, २०८१ -
आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
शनिबार, कार्तिक १७, २०८१ -
अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद ‘मासु’ खाएका ३५..
मङ्लबार, कार्तिक १३, २०८१ -
नेपालीको मौलिक नेपाल संवत् ११४५ आजदेखि शुरु
शनिबार, कार्तिक १७, २०८१