

-
काठमाडौं । न्यायालय चरम भ्रष्ट भएको आवाज उठिरहेका वेला वकिलहरुले नै यसको पुष्टि गरेका छन् । घोषणापत्र नै जारी गरेर वकिलहरुले न्यायाधीशको मिलेमतोमा भ्रष्टकाम हुने गरेको वताएका छन् । नेपाल बार एशोसिएसनले निश्चित न्यायाधीशकै मिलेमतोमा न्यायालयमा भ्रष्टाचार भइरहेको घोषणापत्रमा उल्लेख नै गरेका छन् ।
न्यायपालिकाको नेतृत्वमा आउने भ्रष्टाचार निर्मुल पार्ने प्रतिवद्धता जनाएपनि झन बढ्दै गएको भन्दै बारले विद्यमान संयन्त्रलाई प्रभावकारी बनाउन प्रधानन्यायाधीश, न्याय परिषद्, न्याय सेवा आयोग र कानुन व्यवसायी परिषदसँग माग गरेको छ ।
नेपाल बारको राष्ट्रिय सम्मलेनले २८ बुँदे घोषणा पत्र जारी गर्दै वेथिति सुधार गर्न न्यायाधीश सुधार गर्नुपर्ने वताएका छन् । जारी घोषणापत्रको सातौं नम्बरको बुँदामा वकिलको संगठनले निश्चित न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र बिचौलियाको मिलेमतोमा भइरहेको भ्रष्टाचार निमूल पार्न माग गरिएको छ ।घोषणा पत्रमा भनिएको छ, न्यायापालिकामा रहेको भ्रष्टाचारको अन्त्यका लागि आवश्यक कानुनी तथा संरचनागत उपायहरु आवलम्बन गर्न प्रधानन्यायाधीश लगायतको यो सम्मेलन ध्यानाकर्षण गराउँछ ।’
बार सम्मेलनले गोला प्रणालीबाट मुद्दाको पेशी तोक्न माग गरेको छ । अहिले मुद्दाको पेशीलाई लिएर पटक पटक विवाद भएको भन्दै बारले सबै अदालतमा यो लागू गर्न भनेको हो ।
साथै न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न, अन्तरिम तथा अन्तरकालीन आदेशको कार्यविधि नै बनाएर लागू गर्न पनि सम्मेलनले माग गरेको छ ।
बार एशोसिएसनले न्यायपालिकामा हुने अनुचित दबाव र प्रभाव स्वीकार्य नहुने पनि बताएको छ । यस अघि कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तामाङ्गले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने वाध्यकारी ब्यवस्था गरेर न्यायलयको भ्रष्ट्राचारमा कमी ल्याउने वताएका थिए ।
News Desk 0 response सोमवार, चैत्र १२, २०७४

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



