

-
काठमाडौं ।
कर्मचारी संयन्त्रको सुधारकको संज्ञा पाएका सामान्य प्रशासनमन्त्री लालबावु पण्डितलाई कर्मचारीका नेताहरुले पूर्ण असहयोग गर्ने भएका छन् । काठमाडौं आयोजित साक्षात्कार कार्यक्रममा संगठनका नेताहरुले यस्तो घोषणा गरेका हुन् ।
आधिकारिक ट्रेडयुनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरेका छन् ।
पछिल्लो समयमा उहाँले जुन रुपमाकर्मचारीहरु माथिप्रहार गर्नुभएको छ, यो हुकुमी शैलीहो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरु खटाईएको स्थानमा गईसकेका छन् ।’ तर,अझै पनि प्रदेशमा कर्मचारी अभावका कारण काम हुन नसकेको भन्दै मुख्यमन्त्रीलेसमेत प्रधानमन्त्री समक्ष हारगुहार गरेका छन् ।तर, यसलाई भने कर्मचारी नेताहरुले बिरामी परेर, सुत्केरी भएर रअन्य समस्यामा परेर नगएको संज्ञा दिएका छन् । त्यस्तै नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले स्वेच्छिक अवकासको व्यवस्था रोक्ने मन्त्रीको अभिब्यक्ति ठीक नभएको वताए । यसको डटेर सामान गर्ने उनको भनाई थियो । स्वेच्छिक अवकाशमा जाने कर्मचारीका लागि अरवौं रुपैयाँ आवश्यक पर्ने बिषयमा भने उनले कुनै प्रतिकृया दिएनन् ।
नेपाल निजामति कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले पछिल्लो समय गर्न खोजेका काम सवै गलत भएको आरोप लगाए । उनले भने,‘मन्त्रीजस्तो व्यक्तिले दिनहुँ यसरी कर्मचारीको मनोवल गिर्नेगरि बोल्नु उचितहोईन, संक्रमणकालिन अवस्थामा कर्मचारीले आफ्नै पैसा खर्चेर जनतालाई सुविधादिने कामगरिरहेका छन्, जननिर्वाचितप्रतिनिधि आउँछन् जान्छन् तर निजामतिकर्मचारी संयन्त्र स्थायीसरकार हो, जुन सरकार नभएको बेलामापनिजनताको काम गर्छ, यो कुरा बुझ्नुपर्छ ।’
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमाकर्मचारी पुगेको जिकिर गरेका छन् । उनले भने,‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, मन्त्रीले लगाएको आरोप निराधार छ ।’ साक्षात्कारमा मधेसी कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले भने,‘कर्मचारी समायोजन माथिबाट हुनुपर्छ, सचिवहरु मन्त्रालय नछोड्ने अनि सह–सचिवलाई एकैचोटी बढुवा गरेर प्रदेश मन्त्रालयमा पठाउने तर त्यही स्तरको कर्मचारीलाई तल्लो स्थानमा बसेर कामगर्नुपर्ने स्थिति हटाउन मन्त्रीलाई सुझाव दिए ।
News Desk 0 response शुक्रबार, चैत्र ९, २०७४

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३


