• केन्द्रीय कर्मचारीको तर्फबाट सहयोगी भूमिका खेल्नुपर्नेमा नभएको मुख्यमन्त्रीहरुको साझा गुनासो थियो । ‘स्रोत साधन र दक्ष जनशक्तिको अभाव खड्किएको कुरा हामीले राखेका छौं र प्रधानमन्त्रीले सहयोग गर्ने बचन दिनुभएको छ’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भनेका छन् ।

    प्रदेशगत समस्याहरु पनि मुख्यमन्त्रीहरुले राखेका छन् । प्रदेश २ ले जन्मसिद्ध नागरिकता नपाएको तथा प्रदेश र स्थानीय सरकारको मर्यादाक्रम नमिलेका विषयहरु बैठकमा उठाएको छ ।

    प्रधानमन्त्रीका सल्लाहकार रिमालका अनुसार मुख्यमन्त्रीहरुले उठाएका प्रश्नमा अर्थ, कानुन, गहृ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीहरुले पनि जवाफ दिएका छन् ।

    ‘सबै सरकार नेपाल सरकार हुन् र मिलेर काम गर्ने हो, द्रुत गतिमा विकास गर्नुपर्छ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीलाई संघीयताबाट फर्किने, असफल हुने अनुमति छैन । मिलेर अघि बढ्नुपर्छ भन्नुभएको छ ।’

    शून्यबाट काम थाल्नु पर्ने अलिअलि अलमल स्वभाविक भएको भन्दै उनले आपसी समन्वय गरेर अघि बढ्ने बताएका छन् ।