

-
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले सिंहदरवारमा मन्त्री र सचिबहरुलाई जवाफदेही ढंगले काम गर्न निर्देशन दिए । सरकारको मूल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिएका छन् । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने वताए ।
‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम ग¥यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भने ‘ किन कि यो असधारण दायित्व बोकेको सरकार हो ।’
‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम पनि ओलीको सुझाव छ । उनले भने, ‘कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस । ’प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिनुभयो । हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न,काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाए । प्रधानमन्त्री ओलीले सचिबहरु बढुवा सरुवाका लागि नेताको धाउने प्रवृति अन्त्य हुने वताए । भनसुनतिर लाग्ने र नेताको धाउने कर्मचारीको नम्वर घट्ने ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाए । ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ‘यो किन सफा भइरहेको छैन ?’
सरकारले व्यबहार मै भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अपनाउने ओलीको भनाई थियो । ‘हिजोका सरकारले पनि शुन्य सहनशिलता भन्थे तर कार्यन्वयनमा देखिएन’ प्रधानमन्त्री ओलीले भने ‘अबको सरकारले भ्रष्टाचार निर्मूल गर्छ । यसप्रति असहिष्णु हुन्छ ।’प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई मर्यादामा बस्न सुझाए । हरेक ठाउँमा अनुगमन हुने वताउँदै ओलीले केहीं तलमाथी भेटिए ऐया आत्थु भन्ने मौका नपाउने वताए ।
News Desk 0 response आइतवार, चैत्र ४, २०७४
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री,राज्य मन्त्री , प्रधानमन्त्रीका मूख्य सल्लाहकार मुख्य सचिब र सचिबहरुको र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिती थियो ।

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



