

-
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताए । प्रधानमन्त्री ओलीले भने ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ कामको थालनी गरौं ।’ प्रधानमन्त्री ओलीले सबैलाई उपयोगको सिद्धान्त अनुसार कामगर्न आग्रह गरे ।
कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताए । जागिर सुरु गर्दाको सर्त अनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवागर्न कमर्चारी अनिवार्य रुपमा जानु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
‘खटाएको ठाउँमा जान्नभन्ने कर्मचारीलाई अघिललो सरकारले गोल्डेन ह््याण्डचेक सहित घर पठाउने निणर्य गरेको रहेछ’ प्रधानमन्त्री ओलीले भने ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्छ ।’
कर्मचारीको वृतिविकासका लागि पनि सेवा प्रवेश गर्दाको सर्त लागु हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नगरपालिकामा सरुवाहुँदा बढुवा नहुने,प्रदेशमा सरुवाहुँदा फेरी संघमा आउन नपाइने भन्ने हुँदैन’प्रधानमन्त्री ओलीले भने ‘आवश्यकता आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँगयो त्यहीं सिमित भएर बस्नु पर्दैन । ’
कर्मचारी स्थायी सरकार भएकोले उसको सहयोग विनाकुनै पनि सरकारले छिटो छरितो ढंगले कामगर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
News Desk 0 response आइतवार, चैत्र ४, २०७४

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



