

-
काठमाडौं । मुख्यसचिव भन्दा पनि काँग्रेसको कार्याकर्ता वनेर शेरवहादुर देउवाका गैरकानुनी कामलाई साथ दिएका मुख्यसचिव लोकदर्शन रेग्मी संघीयता अससफल पार्नेको सूचीमा देखिएका छन् । नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भईसक्दा पनि त्यहाँ जान नमान्ने कर्मचारीको संरक्षण गर्दै उनले संघीयता बिरोधी कामलाई टेवा दिएका हुन् । आफ्ना लागि जस्तोसुकै चाकडी वजाउन पछि नपर्ने रेग्मीले काँग्रेसले चुनाव हारेपछि पनि अनियमित काम गर्न शेरवहादुर देउवालाई साथ दिएका दिए । तेस्रो वरियतामा रहे पनि देउवा पत्नी आरजु राणालाई खुशी तुल्याएर मुख्यसचिव वनेका रेग्मीले सोही वदलामा गैरकानुनी काम गर्न देउवालाई सहयोग गरेका उनका निकटस्थहरु वताउँछन् ।
स्याङजा स्थायी घर भएका रेग्मीले जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । निजामती सेवामा २४ वर्ष बिताएका रेग्मीले आफ्नो करिअरको अधिकांश समय कर, राजस्वजस्ता प्रभावशाली कार्यालयमा नै बिताए । सचिव भएपछि पनि उनी अर्थ, गृहजस्ता प्रभावशाली मन्त्रालयमा टिकिरहे ।
जुन दल सत्तामा आयो उसैको हुन सक्ने क्षमता भएका रेग्मीलाई सर्वदलीय प्रशासक पनि भनिन्छ । माओवादी नेता वर्षमान पुनको जोडबलमा वरिष्ठलाई उछिन्दै सचिवमा बढुवा भएका रेग्मी तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई प्रभावमा पारेर अर्थसचिव बन्न सफल भएका थिए । पछि पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिलाई रिझाएर गृहसचिव बन्न सफल भए । रेग्मीले नै नवराज सिलवाललाई प्रहरी महानिरीक्षक बन्न नदिन ठूलो भूमिका निर्वाह गरे जसकारण प्रधानमन्त्री देउवा र उनकी पत्नी राणाको विश्वास उनीमाथि झनै बढ्यो । पछि सिलवालले डिआइजी पदबाट राजीनामा दिएको फाइल पनि उनले लुकाइदिएका थिए ।देउवा प्रधानमन्त्री भएपछि थुप्रै सचिवको हेरफेर भयो तर तत्कालीन गृहमन्त्री जनार्दन शर्मालाई समेत रिझाएर रेग्मी गृहमै टिकिरहे । अर्थ मन्त्रालयमा रहँदा सधैं पाँचतारे होटलबाट खाजा, खाना मगाएर खाने र मन्त्रालयमा बिल पेस गर्ने गरेर विवादमा आएका रेग्मी गृहसचिव हुँदा आफ्ना पितालाई सुप्रबल जनसेवा श्री पदक दिलाएपछि विवादमा आएका थिए ।
रेग्मीलाई नै मुख्यसचिव बनाउने प्रधानमन्त्री देउवा र उनकी पत्नीको चाहनास्वरुप यसअघिका मुख्यसचिव सोमलाल सुवेदीले राजीनामा दिएर एसियाली विकास बैंक जाँदा वरिष्ठ सचिव धनबहादुर तामाङलाई मुख्य सचिव बनाउनुपर्ने र उनलाई बनाउँदा रेग्मीको पालो नआउनेजस्तो भएपछि तामाङले अवकाश नलिन्जेल सुवेदीको राजीनामा स्वीकृति रोकेर राखिएको थियो । तामाङले अवकाश पाएपछि राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिव बनाइएको थियो । क्षेत्री मुख्यसचिव बनेपछि त्यसबीचमै शान्तबहादुर श्रेष्ठ र शान्तराज सुवेदी सचिवको ५ वर्षे अवधि पूरा गरेर अवकाश पाए । त्यसपछि रेग्मीलाई मुख्यसचिव बनाउन सहज भएको थियो ।केन्द्रको मन्त्रालयमा नै आफूखुशी बिभाग निर्माण गरेर मोजगर्ने कर्मचारीहरुको संरक्षकको रुपा अहिले रेग्मी रहेका छन् । सरकारलाई समेत गुमराहमा राखेर रेग्मीकै नेतृत्वमा केन्द्रीय मन्त्रालयमा नै धेरै बिभाग वनाउने गरी कार्ययोजना निर्माण भईरहेको छ । त्यसका लागि केन्द्रमा नै बस्न चाहने उच्च तहका कर्मचारीले मुख्सचिव लोकदर्शनका लागि भेटीसमेत बुझाएको एक सचिवले जनप्रशासनलाई वताए ।
संघीयताको कार्यान्वयन हुँदै गर्दा देशको निजामती प्रशासनको गैरजिम्मेवारी पन स्पष्ट देखिएको छ । कर्मचारीको असहयोगका कारण संघीयता कार्यान्वायनमै समस्या देखिएको छ । त्यसको मुख्य दोष कर्मचारीका प्रमुख ब्यक्ति मुख्यसचिवलाई नै जान्छ ।प्रदेशमा कर्मचारी खटाएको एक महिना हुँदासमेत कर्मचारी पुगेका छैनन् । देशको यति संवेदनशील अवस्थामा समेत भनेको अवस्था नखटिने कर्मचारीलाई मुख्यसचिव तथा सम्बन्धित मन्त्रालयका सचिवहरुले कडा निर्देशन दिन नसक्नु अर्को आश्चर्यको विषय छ ।
खासगरी प्राविधिक मन्त्रालयहरुका कर्मचारीहरुले सरकारको निर्देशन मानेका छैनन् । ती मन्त्रालयमा सचिव र तल्लो तहका कर्मचारीहरुबीच ठूलो मात्रामा कमिशनको लेनदेन हुने भएकाले सचिवहरुले मातहतका कर्मचारीलाई प्रदेशमा खटाउन नसकेको स्पष्ट हो । प्रशासनतर्फका ९० प्रतिशत कर्मचारीहरु खटाएको जिम्मेवारीमा गइसकेका छन् । प्राविधिक कर्मचारीहरु थोरै मात्र प्रदेशमा पुगेका छन् । प्राविधिक मन्त्रालयहरुका सचिवहरु नै असक्षम हुँदा कर्मचारीहरुले अटेर गरेका छन् । उनीहरुकै आफ्ना मन्त्रालयका कर्मचारीलाई प्रदेशमा खटाउन सकेका छैनन् ।मातहतका कर्मचारीहरुको सेटिङ सचिवसम्म हुने भएकाले सचिवले खटाउन नसकेको हो ।
उता मन्त्रालयको संख्या ३० बाट १७ मा घटाएपछि कम्तीमा एक दर्जन सचिवहरु ‘बेरोजगार’ हुने भएका छन् । उनीहरुको व्यवस्थापनका लागि गृहकार्य सुरु भएको छ । तर, तत्काल विकल्प नभएकाले धेरै जना जगेडामा बस्ने सम्भावना छ ।सोही कारण केन्द्रमा अनावश्यक बिभाग गठन गर्ने कार्यमा माथिल्ला तहका कर्मचारी लागेका हुन् । यस्ता कर्तुत गरेपनि अहिले पनि एमालेका खास मान्छे संगको उठवसका कारण प्रधानमन्त्री केपी ओलीलाई प्रभावमा पार्न अनेक तीकडम गरिरहेका छन् । एमालेभित्रका बिचौलियाको साथ पाएका रेग्मी बिगतजस्तै शक्तिमा आउने योजनामा छन् ।
मुख्यसचिववाटको काम वाट प्रधनमन्त्री सन्तुष्ट नभएको थाहा पाएका रेग्मीले राजदूत वन्ने सपना देखिरहेको उनका निकटहरुको भनाई छ ।
News Desk 0 response शनिबार, चैत्र ३, २०७४

सम्बन्धित शीर्षकहरु
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३



