अन्तर्राष्ट्रिय

अमेरिकी वाणिज्यदूतावास खाली गर्न थालियो

चीन । चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् । बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो ।...

अस्ट्रेलियामा कोरोना महामारीबाट जनजीवन प्रभावित

कोरोनाभाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा...

विश्वभरी कोरोनाका कारण छ लाख ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु

विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)...

भारतमा एकैदिनमा ४९ हजार सङ्क्रमित थपिए

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा...

दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा

जोहानस्वर्ग । दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो । शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका...

ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो । यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार...