समाचार

नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभई अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताएका छन्। उनले अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको श्री नयाँ भैरवी दल गुल्म...

प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल

काठमाडौँ : नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरिरहेका छन् । मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण...

नेपाली सेनाको गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु

गोरखा : नेपाली सेनाले आजदेखि तेस्रो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित सेनाले गोरखा-जितगढी एकीकरण पदयात्राको थालनी गरेको नेपाली...

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारी आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका...

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।  हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको...

पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीन महिने अभियान

पर्सा : खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा अभियान...