समाचार

सन् २०५० अघि नै दुई तिहाइ हिमनदी पग्लिने खतरा

काठमाडौं : जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू तीव्र गतिमा पग्लिरहेको र यसले विश्वकै लागि चिन्ताको विषय बनेको एक संसदीय अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास...

सप्तरीको राजगढमा गोली चल्यो : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सप्तरी : सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा गएराति गोली चलेको छ । प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको छ । गएराति साढे १० बजेतिर प्रहरी टोलीले तस्करलाई धरपकड गर्ने क्रममा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा औषधिमा २५० प्रतिशत सम्मको भन्सार शुल्क लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् । उनले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी गरेको समाचारसंस्था एएफपीले जनाएको छ ।...

आजको मौसम : यी दुई प्रदेशमा आज पनि यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : गएराति कोशी र सुदूरपश्चिम क्षेत्रमा वर्षा भएको छ । अहिले पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो...

भारतको उत्तरकाशीमा बाढी : करिब ५० सर्वसाधारण र १० सैनिक बेपत्ता

काठमाडौं : भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार दिउँसो बाढी आउँदा करिब ५० सर्वसाधारण र १० सैनिक बेपत्ता भएका छन् । भारतीय सेनाको क्याम्पभन्दा करिब ४ किलोमिटर टाढा धराली गाउँमा बाढी आएको हो । उद्धारकर्मीका...

एमसीए नेपाललाई आयकरमा एक वर्ष छुट

काठमाडौं : सरकारले एमसीए नेपाललाई आयकर छुट दिने भएको छ। साउन १८ गते बसेको मन्त्रिपरिषद्ले एमसीए फण्डिङबाट आर्जित आयमा आर्थिक वर्ष २०८२/८३ का लागि छुट दिने भएको हो। ‘एमसिए नेपालको काम गर्ने निर्माण वा...