

-
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोरोना भाइरसको रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पुर्याउन नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाद्वारा प्रस्तुत ‘विनियोजन विधेयक २०७७’ माथिको सैद्धान्तिक छलफलका क्रममा उक्त पार्टीका सांसदले बजेट प्रभावितलाई सम्बोधन गर्नाको साटो अन्यत्रै परिचालन गरिएको टिप्पणी गरेका हुन् ।
विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले विधेयकमा छलफल गर्ने बेलामा कुन स्रोतबाट पैसा आउँछ भनेर संसदलाई स्पष्ट रुपमा जानकारी दिनुपर्ने माग गरे । आर्थिक गतिविधि अघि बढाउन कहाँबाट कसरी रकम आउँछ भनेर स्पष्ट खुलाउनुपर्नेमा उनले जोड दिएका थिए ।
सोही पार्टीका उमा रेग्मीले राम्ररी कोरोनाको उपचार हुन नसकेको अवस्थामा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ बजेट स्वास्थ्यभन्दा रक्षातिर केन्द्रित गरिएको भन्दै आपत्ति प्रकट गरिन् । उनले रोजगारीबाट फर्किएका युवालाई आकर्षित गर्ने बजेट खै भन्ने प्रश्न गरेकी थिइन् । बजेट महिलामैत्री समेत नभएको उनको भनाइ थियो ।
अर्का सदस्य देवेन्द्रराज कँडेलले सरकारको नीतिले विद्युतीय र अटो व्यवसायीलाई धराशायी बनाएको आरोप लगाए । सांसद दिलेन्द्रप्रसाद बडुले बजेटको प्राथमिकता भनेकै कोरोना महामारी नियन्त्रण र प्रभावित जनताको जीवन रक्षा हुनुपर्नेमा सरकारको ध्यान त्यसतर्फ जान नसकेको आरोप लगाए ।
सांंसद डिला सङ्ग्रौलाले विनियोजित विधेयक कार्यकर्तामुखी भएको आरोप लगाइन् । अपारदर्शी र परम्परागत रुपमा आएको विधेयक कोरोना रोक्ने विषयमा केन्द्रित नभएको उनले बताइन् । सांसद उमाकान्त चौधरीले स्वास्थ्य क्षेत्रमा भएका चुनौती नियन्त्रण गर्नु नै आजको आवश्यकता भएको उल्लेख गरेका थिए ।
News Desk 0 response सोमवार, जेष्ठ १९, २०७७

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



