• काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डमा ठूलो सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । तिहारको समयमा सडक अवरुद्ध भएपछि यात्रुहरू प्रभावित भएका छन् ।

    सोमबार बिहानै घोप्टेभीरमा ठूलो सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्धकोमा सवा १० बजे यो समाचार तयार पार्दासम्म पनि ठप्पै छ ।

    नागढुंगा–मुग्लिङ सडक योजना ९पश्चिम खण्ड० का अनुसार पहिरो हटाउन अहिले तीनवटा मेसिन परिचालन गरिएको छ । थप दुईवटा मेसिन परिचालन गर्ने तयारी भइरहेको छ ।

    बिहान ९:१५ को विवरणअनुसार थप पहिरो नखसेको अवस्थामा करिब तीन घण्टामा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ । यस आधारमा कम्तीमा पनि सवा १२ बजेसम्म सडक नखुल्ने देखिएको छ ।