• काठमाडौं : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली विद्यार्थीको शैक्षिक भ्रमण तथा आन्तरिक पर्यटकको प्रमुख गन्तब्य बन्दै गएको छ।

    यहाँ रहेको गौरादेवी प्राकृतिक जडीबुटी उद्यानमा विभिन्न विद्यालयका विद्यार्थी शैक्षिक अवलोकनका लागि पुग्ने गरेका छन्। उद्यानमा हालै नेपाल प्रहरी विद्यालयका विद्यार्थीले भ्रमण गरेका छन् भने तनहुँका विभिन्न विद्यालयलेका विद्याथीहरु समेत जाने गरेका छन् । पोखरा जाने क्रममा तनहुँको खैरेनीटार नजिक रहेको यो स्थानमा घुम्नका लागि उयुक्त स्थल बन्द गएको छ ।

    करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको रिर्सोट र उद्यानमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटी तथा ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा रहेका छन्। जडीबुटीका नाम र परिचयसहितका जानकारी राखिएकाले विद्यार्थीलाई वनस्पति तथा जडीबुटीबारे व्यवहारिक ज्ञान लिन सहज भएको छ।

    झाँगाझोली भिलेज रिसोर्ट तथा गौरादेवी प्राकृतिक जडीबुटी उद्यानमा बाल उद्यान, पार्क, स्थानीय परिकार र आवासको सुविधासमेत उपलब्ध छ। प्रकृतिसँग रमाउन, मनोरञ्जन गर्न र अध्ययन अवलोकन गर्न सकिने भएकाले यो स्थान शैक्षिक तथा पारिवारिक भ्रमणको उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ।