

-
काठमाडौं : टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित दर्ता गरेको छ । सोमबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको होबर्ट १८.३ ओभरमा ११५ रनमै समेटियो । होबर्टका नितेश स्यामुएलले ३७, टिम वार्डले २३, कप्तान निवेथन राधाकृष्णनले २० र जेक कर्टियनले १२ रन बनाए ।
नेपालका नारायण जोशीले तीन, पवन सराफ र साहब आलमले दुई–दुई तथा विपिन खत्रीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रनको योगफल तयार पारेको थियो ।
नेपालका कुशल भुर्तेलले ३९, मयन यादवले ३१, कप्तान अनिलकुमार साहले २८, लोकश बमले अविजित २० र तृतराज दासले १० रन बनाए ।
होबर्टका राफ म्याकमिलनले तीन, मार्कस बीनले दुई तथा निवेथन राधाकृष्णन र ब्राडली होपले एक–एक विकेट लिए । पहिलो जितसँगै नेपालले दुई अंक जोडेको छ । यसअघि नेपालले आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग ९ विकेटको हार व्यहोरेको थियो।
यता, होबर्टको यो लगातार तेस्रो हार हो । यसअघि टोली भिक्टोरिया क्रिकेट संघ–११ सँग पाँच विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग तीन विकेटले पराजित भएको थियो । अब नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरीको सामना गर्नेछ ।
News Desk 0 response सोमवार, भदौ ८, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३


