

-
काठमाडौं : चीनले १० अमेरिकी कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने सोमबार घोषणा गरेको छ । ती कम्पनी अमेरिकी सेनासँग सम्बन्धित रहेको चीनको जिकिर छ । प्रतिष्ठित चिनियाँ प्रविधि कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धको जवाफस्वरूप बेइजिङले यस्तो निर्णय गरेको हो ।
यही जुनको सुरुमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले अलिबाबा र बाइडुसहित विभिन्न प्रविधि कम्पनीलाई चिनियाँ सेनासँग आबद्धको सूचीमा समावेश गरेको थियो । बाइडुले आफूलाई सैन्य कम्पनीका रूपमा चित्रण गर्नु पूर्ण रूपमा निराधार रहेको प्रतिक्रिया दिएको छ ।
उक्त सूचीमा परेपछि अब यी चिनियाँ कम्पनीले अमेरिकी सेनाबाट कुनै ठेक्का प्राप्त गर्न पाउने छैनन् ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार, अब चिनियाँ ड्रोन निर्माता तथा दुर्लभ खनिजसम्बन्धी उद्योगले ती अमेरिकी कम्पनीलाई द्वैध उपयोगका सामग्री निर्यात गर्न पाउने छैनन् । द्वैध उपयोग भन्नाले सर्वसाधारण र सैन्य दुवै प्रयोजनमा प्रयोग गर्न सकिने वस्तु बुझिन्छ ।
मन्त्रालयले अरू देशका कम्पनी वा व्यक्तिहरूलाई पनि चेतावनी दिँदै चीनबाट खरिद गरिएका द्वैध उपयोग सामग्री ती प्रतिबन्धित अमेरिकी निकायलाई पुनः निर्यात (रि–एक्सपोर्ट) गर्न नपाइने स्पष्ट पारेको छ ।
चीनद्वारा प्रतिबन्धित १० अमेरिकी कम्पनीमा एभीएओएक्स, रेड क्याट होल्डिङ्स, टिल ड्रोन, इमसार, जाया रोबोटिक्स, बल एरोस्पेस, ओशकोश डिफेन्स, एल–थ्री ह्यारिस म्यारिटाइम सर्भिसेज, एमपी मटेरियल्स र यूएसए रेयर अर्थ छन् ।
News Desk 0 response सोमवार, असार ८, २०८३

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



