

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण यही मार्चको अन्त्यमा हुने भनिएको चीन भ्रमण झन्डै एक महिनापछि सार्ने योजना बनाएको बताएका छन्।
युद्धको निरीक्षण गर्न आफू उपलब्ध रहनु महत्त्वपूर्ण रहेको भन्दै ट्रम्पले चीन भ्रमण एक महिना वा त्योभन्दा धेरै ढिलाइ गर्न अनुरोध गरेको ह्वाइट हाउसमा पत्रकारसँगे भनेका बीबीसीले जनाएको छ ।
ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता मार्च ३१ देखि अप्रिल २ सम्म हुने तय भएको छ । गएको वर्षको अक्टोबरपछि यो भेटवार्ता हुने भएको हो ।
चिनियाँ विदेश मामिला प्रवक्ता लिन जियानले अमेरिकी राष्ट्रपतिको चीन भ्रमणको समय र सम्बन्धित विषयहरूबारे दुई देशले कुराकानी गरिरहेका बताएका छन् ।
यसैबीच ट्रम्पको भ्रमणमा ढिलाइ हुनु र खाडीबाट विश्वव्यापी ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खुलाउने मुद्दाबीच कुनै सम्बन्ध नरहेको बताएको छ ।
अस्ति आइतवार ट्रम्पले चीनले हर्मुज मार्ग खोल्न मद्दत नगरे आफूले भ्रमण स्थगित गर्न सक्ने बैलायती दैनिक पत्रिका ‘फाइनान्सियल टाइम्स’ सँग भनेका थिए । तर हिजो उनले इरान युद्ध व्यवस्थापन गर्न आफू त्यहाँ रहेको सुनिश्चित गर्न मात्र भ्रमणमा ढिलाइको प्रस्ताव गरेको बताएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



