

-
काठमाडौं : सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले पुष्टि गरे ।
राजीनामामा उनले व्यक्तिगत तथा पारिवारिक कारणले सेवामा निरन्तरता दिन नसक्ने उल्लेख गरेको निरौलाको भनाइ छ ।
अहिलेसम्म सूचना प्रविधि प्राविधिकतर्फ सहसचिवभन्दा माथि बढुवा हुने ठाउँ छैन । सरकारले ल्याएको निजामती सेवा विधेयकले यसअघि अतिरिक्त सचिव राख्ने व्यवस्था गरेकोमा यो क्लस्टर समेत समावेश हुने अपेक्षा गरिएको थियो ।
तर, प्रतिनिधिसभाबाट पारित भएको अतिरिक्त सहसचिव राख्ने विधेयक राष्ट्रिय सभाले परिवर्तन गरेको छ । यसलाई प्रतिनिधिसभाले समेत स्वीकार गर्ने अवस्था देखिएको छ ।
पौड्यालले व्यक्तिगत तथा पारिवारिक कारण भनेर राजीनामा दिए पनि अब बढुवा हुनसक्ने ठाउँ नरहेको र कुरेर बस्दा कुलिङ पिरियडले अप्ठ्यारोमा पार्ने देखिएकोले अहिल्यै राजीनामा दिएको हुनसक्ने मन्त्रालयका अधिकारीहरूको अनुमान छ ।
‘उहाँ क्षमतावान् व्यक्ति हुनुहुन्छ, अन्त पनि अवसर पाउने क्षमता राख्नुहुन्छ, निजामती विधेयक आएपछि राजीनामा दिँदा २ वर्षको कुलिङ पिरियड लाग्ने भएकोले अहिल्यै छोडौँ भन्ने लागेको हुन सक्छ,’ मन्त्रालयका ती अधिकारीले भने ।
News Desk 0 response शुक्रबार, भदौ २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



