

-
काठमाडौं : पर्साको वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म एक सय १४ जनामा हैजा पुष्टि भएको छ । झाडापखाला र हैजा पुष्टि भएका एक सय ९९ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या चार सय २२ पुगेको छ । जसमध्ये उपचार गराएर दुई सय २३ जना डिस्चार्ज भएका छन् । महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशङ्कामा पानीको नमुना सङ्कलन र प्रयोगशालामा परीक्षण प्रक्रियालाई अघि बढाएको छ ।
महानगरको स्वास्थ्य शाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरेका बिरामीको दिसाको कुल १० नमुनामध्ये आठ नमुनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । बाँकी दुई नुमनाको रिपोर्ट आउन बाँकी छ ।
हैजा फैलिएपछि वीरगन्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिन बन्द गरेको छ । विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । महानगरपालिकाले सरसफाइ र सचेतनामुलक कार्यक्रम गरिरहेको छ । पानी उमालेर पिउन, खुला शौच नगर्न, सरसफाइमा ध्यान दिन डाक्टरले अनुरोध गरेका छन् ।
News Desk 0 response बुधबार, भदौ ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



