

-
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।
प्रदेशसभाको हिजोको बैठकले विश्वासको मतका लागि पेश गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेश गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेश गर्नुभएको प्रस्तावको पक्षमा ३० मत परेको र यो सङ्ख्या बहुमत भएकाले मुख्यमन्त्रीले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
हिजोको बैठकमा प्रदेशसभा सभामुखसमेत ४६ सदस्य सहभागी रहेकामा मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ३०, विपक्षमा १५ मत परेको थियो । बहुमतका लागि २७ मत आवश्यक हुन्छ ।
नेपाली कांग्रेसका १८ नेकपा ९एमाले०का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सदस्यले मुख्यमन्त्रीको प्रस्तावका पक्षमा मत दिए ।
नेकपा ९माओवादी केन्द्र०का सभामुखबाहेक १०, नेकपा ९एकीकृत समाजवादी० पार्टीका ९निलम्बित एक सदस्यबाहेक० तीन, राप्रपाका एक र स्वतन्त्र एक सदस्यले विपक्षमा मत दिए।
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुभएका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिकै कैलाश चौधरीले भने विश्वासको मत दिए छ । त्यस पार्टीका अन्य ६ जना सदस्य भने बैठकमा अनुपस्थित थिए।
यसअघि प्रस्ताव पेश गर्नुहुँदै मुख्यमन्त्रीले प्रदेशमा सुशासन र समृद्धिका लागि सुधारका कार्य गर्नुपर्छ भन्ने महसूस गरेर नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराइएकामा मन्त्रिपरिषद् हेरफेरपछि सिर्जित प्रश्नहरुका कारण विश्वासको मत लिनुपर्ने भएकाले यो प्रस्ताव पेश गरेको बताए ।
सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गएको असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा भ्रष्टाचारको आरोप लागेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी निलम्बित छन्।
News Desk 0 response शुक्रबार, साउन १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३


