• काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

    हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो ।

    सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गरिएको चौधरीको निजी सचिवालयले जनाएको छ ।