

-
काठमाडौं : सुक्खाग्रस्त मधेश क्षेत्र सङ्कट व्यवस्थापनबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को धारणा तय गर्ने उद्देश्यले परिषद्मा कार्यरत र सेवानिवृत्त विज्ञहरूसँग आज छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले वर्तमान प्राकृतिक सङ्कटको समाधानमा नार्कको भूमिका र नार्कले तय गर्ने धारणा महत्त्वपूर्ण हुने भएकोले छलफलबाट आएका धारणालाई परिषद् अन्तर्गतका कार्यालय र कृषि प्रसारका निकायहरूले आ–आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा यादवले सुक्खाग्रस्त मधेशको धान रोपाइँको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा वातावरणविद् रामेश्वर रिमालले अहिलेको मौसम त्यसको वातावरणीय प्रभावबारे चर्चा गरेका थिए ।
कार्यक्रममा विज्ञहरूले सिञ्चित, असिञ्चित जग्गाका लागि साउनभित्र पानी परेको वा नपरेको अवस्थामा अवलम्बन गर्न सकिने बीउबिजन, प्रविधि, रोप्ने–छर्ने विधिबारे विस्तृत छलफल गरेका थिए । ती प्रविधिहरूमध्ये साउनको अन्तिमसम्म पानी परेको अवस्थामा के गर्ने, अहिले भएको बेर्नालाई कसरी जोगाउने र पानी परेको खण्डमा कहिलेसम्म कस्ता जात र बाली रोप्न सकिने जस्ता विविध विकल्पमा छलफल भएको थियो ।
परिषद्ले सुक्खाग्रस्त क्षेत्रका लागि उपयुक्त प्रविधिको प्याकेज तयार गरी तुरुन्तै सिफारिश गर्ने जनाएको छ । कार्यक्रममा पशुपक्षी तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, बाली तथा बागवानी निर्देशक बिनेशमान साखः, निवृत्त वरिष्ठ वैज्ञानिक एवम् बाली विज्ञ आनन्दकुमार गौतम, निवृत्त धानबाली विज्ञ डा. शम्भुप्रसाद खतिवडा, निवृत्त वरिष्ठ वैज्ञानिक एवम् बाली विज्ञ ध्रुवबहादुर थापा, बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. हिमाल तिमिल्सिना, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख सुरज वैद्य, बागवानी विज्ञ डा. रञ्जना रावल, वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाह, वैज्ञानिक राजेन्द्र भट्टराई, कार्यकारी निर्देशकको सचिवालयका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल, प्राविधिक अधिकृत रबिन गिरी लगायतको सहभागिता थियो ।
News Desk 0 response सोमवार, साउन १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


