• काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ अफ पिरियडसम्बन्धी छलछाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

    काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने समेत माग गरेका छन् ।

    अहिले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदको क्रियाकलापाका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको प्रचण्डको दाबी छ । कार्यक्रममा प्रचण्डले शिक्षकहरुमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

    सरकारले शिक्षक महासङ्घका प्रतिनिधिसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसदमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाए पनि जालझेल गरेर अहिलेसम्म ढिलासुस्ती गरेको आरोप लगाए । उनले शिक्षा विधेयकलाई लामो समयसम्म अड्काएर राख्न नदिने समेत बताए । शिक्षकहरुले सोचेको जस्तो सबै मागहरु पूरा गर्न नसकेपनि बेइमानी हुन नदिने प्रचण्डको भनाइ छ ।