-
काठमाडौं : रसुवामा आएको बाढीका कारण मितेरी पुलसमेत बगाएपछि चीनको केरुङमा रोकिएका नेपालीलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदिएको छ ।
नेपाल सरकारको अनुरोधमा चीनको परराष्ट्र विभागले केरुङमा रोकिएका दुई सय तीन जनालाई आज तातोपानी नाका ल्याएर नेपाली पक्षलाई जिम्मा लगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिम्मा लिएका उनीहरूलाई सीधै काठमाडौंतर्फ ल्याइने पनि अधिकारीले जानकारी दिए ।
गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पुल र सडक भत्काएपछि नाकाको तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरूलाई चीनले अहिलेसम्म खाने, बस्नेलगायतका सुविधा दिएर राखेको थियो ।
News Desk 0 response बुधबार, साउन ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३

शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३