• नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य उमेश पराजुली सम्मानित भएका छन् ।  शहिद मनोज -झपेन्द्र -सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन उपत्यका प्रदेशद्वारा आयोजित कार्यक्रममा अग्रणी भूमिका निर्वाह गरेवापत पराजुलीलाई सम्मान गरिएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र सङ्गठनकी अध्यक्ष भवानी दाहालले पराजुलीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । सो अवसरमा हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ ।

    विभिन्न मन्त्रालयका १८ वटा विभागीय समिति कार्यक्रममा सहभागी थिए । कार्यक्रम तीन चरणमा सम्पन्न भएको थियो । ‘फाइनल राउन्ड’ को लागि छ वटा विभागीय समुह थिए ।
    शिक्षा मन्त्रालय अन्तर्गत को शिक्षा विभागीय कार्यसमिति प्रथम भएको थियो । महान्यायाधिवक्ता कार्यालयको टीम दोस्रो भएको थियो । शहरी विकास मन्त्रालयको समुह तेस्रो बनेको छ । सङ्घीय संसद्को विभागीय समुह चौथो भएको थियो ।