

-
काठमाडौं : नागढुङ्गा–मुग्लिन सडक खण्डमा निर्माणदेखि पहिरो रोकथामको काम भइरहेको छ ।
नागढुङ्गा–नैबिसेको पहिलो प्याकेजअन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ ।
यो सडक खण्डमा कालोपत्रेको काम सकिएको निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे बताए। उनका अनुसार झ्याप्ले खोलामा सडक निर्माणसँगै पहिरो रोकथामको काम चलिरहेको छ ।
एक वर्षअघि झ्याप्ले खोलामा पहिरोले जनधनको क्षति गरेको थियो । असोजमा गएको पहिरोले ३५ जनाको ज्यान लिएको थियो ।
निर्माण व्यवसायी घिमिरेका अनुसार लेदोसहितको पहिरोको कारणबारे पनि अध्ययन भइरहेको छ । सडक भन्दा माथिको प्लटिङले गर्दा पहिरो आएको प्रारम्भिक अनुमान छ ।
अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भाग आसपासका भित्तामा बाँस रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार दुई वटा प्याकेजमध्ये एउटा प्याकेज नागढुङ्गा–नैबिसे खण्डसम्म र अर्को नैबिसे–मलेखु खण्डसम्ममा झन्डै ५५ किलोमिटरमध्ये २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।
त्यसैमा १५ वटा पुलमध्ये आठ वटा पुलबाट गाडी नै चल्न शुरू गरेका छन् । निमार्ण तथा पुललगायतको काम भइरहेको र अर्को बर्खामा यात्रुले सास्ती खेप्नुनपर्ने उनको दाबी छ ।
News Desk 0 response शनिबार, साउन ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३
-
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


