

-
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवलाई भूमि विधेयक पारित गर्नेबारे सकारात्मक बन्न प्रस्ताव गरेका छन् ।
पछिल्लो दिनमा फास्टट्र्याकबाट विधेयक पारित गर्न खोज्दा जसपा नेपाल लगायत दलहरूले आपत्ति जनाएपछि कांग्रेस र एमालेले प्रधानमन्त्री केपी ओलीको सरकारी निवासमा यादवलाई डाकेर सोमबार अबेरसम्म छलफल गरेका हुन् ।
सोमबार राति डेढ घन्टासम्म बालुवाटारमा चलेको बैठकमा प्रधानमन्त्री ओलीले अब विधेयक ढिलो गर्दा नकारात्मक सन्देश जाने भन्दै यादवलाई प्रतिपक्षी भूमिका नखेल्न आग्रह गरेका थिए ।
ओलीले यादवलाई भने, ‘विधेयकलाई देखाएर दलहरुबीच खेल्न खोज्ने क्रम बढ्यो । तपाईं जिम्मेवार भइदिँदा यो खेलकुद रोकिन्छ ।’
जवाफमा यादवले भने अहिले पनि सत्तापक्ष पेलेरै विधेयक लैजाने मनसायमा रहेकाले आफू त्यसका लागि तयार नरहेको बताए ।
उनले बैठकमा भने, ‘विधेयकमा हाम्रा मूल असहमति कायमै छन् । सहमतिको विन्दु खोज्न तयार छौं, तर अडान छाडेका छैनौं ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न दलहरूबाट कार्यदल बनाएर सहमति खोज्न प्रस्ताव गर । उनले कांग्रेस एमालेबाट २/२ जना र बाँकी दलबाट एक एक जना राखेर सहमति खोज्न आग्रह गरे ।
यादवले भोलिसम्ममा आफ्ना प्रतिनिधिको नाम भोलीसम्म दिने बताएको बैठकमा सहभागी एकजना नेताले बताए ।
उपेन्द्रसँग सत्ता सहकार्यको सम्भावनाबारे समेत बैठकमा कुरा उठेको बुझिएको छ । एक सहभागी नेताका अनुसार अब किन प्रतिपक्षी कित्तामा देखिनपर्यो भनेर एमाले नेताहरूले भनेपछि उपेन्द्रले विगतको आफ्नो पार्टी विभाजनका तितामिठा क्षण कोट्याउन थालेका थिए ।
उपेन्द्रले सरकारमा जाने विषयलाई विधेयकसँग जोड्न नहुने भन्दै त्यो अलग्गै विषय भएको बताए । उनले विधेयक पारित गर्न न्यूनतम सहमतिको विन्दु खोज्नुपर्ने शर्त राखे । नत्र जसपा नेपालले विगतकै अडानमा कायम रहने भन्दै त्यसभन्दा दायाँबायाँ नहुने उनले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
त्यसपछि ओलीले यी कुरा अर्को दिन गरौंला भन्दै बैठक अन्य गरेका थिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा एमाले, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरू सहभागी थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए ।
बैठकमा सहभागी नेताहरूका अनुसार भूमि विधेयकमा अहिले सहमति नजुटे पनि सकारात्मक दिशातर्फ अगाडी बढेको छ ।
News Desk 0 response मङ्लबार, असार ३१, २०८२

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



