

-
काठमाडौं : नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०बिच एकता महाधिवेशन गर्ने समझदारी भएको छ ।
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला नेसपासँग एकता गर्ने समझदारी भएको हो ।
नेसपाका अध्यक्ष यादवले माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको बताए । माओवादीसँग पार्टी एकता गर्न सकारात्मक रहेको बताउँदै उनले भने, ‘यसै वर्ष माओवादीको महाधिवेशन गर्दा एउटै पार्टी बनाउने समझदारी भएको छ ।’
माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै तत्कालीन पार्टी एकता कार्यदलका सदस्य गंगानारायण श्रेष्ठ अघि बढेर १२ जेठमा माओवादी केन्द्रसँग एकता घोषणा गरेका थिए । त्यतिबेला अध्यक्ष यादवले श्रेष्ठ माओवादी प्रवेश गरेको तर पार्टी एकता नभएको बताएका थिए ।
उनले माओवादी केन्द्र नाम परिवर्तन गरेर ‘कम्युनिस्ट पार्टी समाजवादी’ हुनुपर्ने धारणा राख्दै आएका छन् । यद्यपि महाधिवेशनले जे निर्णय गरे पनि त्यसलाई स्वीकार्ने यादवको भनाइ छ ।
१२ जेठमा अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष यादवले भनेका थिए, ‘हामीले राखेको प्रस्ताव पदाधिकारीको बैठकबाट माओवादी केन्द्र हटाइयो भने एकता हुन्छ । बैठकले कम्युनिस्ट पार्टी समाजवादी बनाइनेछ भन्ने लेखेपछि हुन्छ । महाधिवेशनले के फैसला गर्छ हेरौं । हाम्रो पार्टी एकता हुन्छ । सम्मानजनक हुन्छ । र, एकताको महाधिवेशन नै हुन्छ ।’
News Desk 0 response बिहिबार, असार २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


