• काठमाडौं : भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीमा परेर २० जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी तथा ६ जना चिनियाँ नागरिक रहेका छन् ।

    चीनतर्फबाट बिहान ३ बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बाढी आएको थियो । बाढीमा फसेका ५५ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीको उद्धार गरेको कार्यालयले जानकारी दिएको छ ।

    उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ५ स्थित खोला किनारमा पुरुष व्यक्तिको सडेगलेको शव फेला परेको जानकारी दिइएको छ।

    बेपत्ताहरूको सूची :

    १.  लाल बहादुर श्रेष्ठ (नेपाल प्रहरी)
    २.  मुना ठाकुर (नेपाल प्रहरी)
    ३.  लोकेन्द्र बोहरा (नेपाल प्रहरी)
    ४.  जिपन चौधरी (बर्दिया)
    ५.  सन्तोष दहित (बर्दिया)
    ६.  बुद्धिराम थारु (बर्दिया)
    ७.  लक्ष्मीनारायण थारु (बर्दिया)
    ८.  सुरेश थापा (बर्दिया)
    ९.  नरेन्द्र वि.क. (बाग्लुङ)
    १०.  फुर्वा लामा (सिन्धुपाल्चोक)
    ११.  गोविन्द मोक्तान (नखुलेको)
    १२.  लोकमान तामाङ (नखुलेको)
    १३.  धनराज बि.क. (नखुलेको)
    १४.  दिल तामाङ (नखुलेको)
    १५. यु युइ (चिनियाँ नागरिक)
    १६. लि हुआकिङ्ग (चिनियाँ नागरिक)
    १७. याङ चुआन (चिनियाँ नागरिक)
    १८. हाई हाङ (चिनियाँ नागरिक)
    १९. यु सियाओ क्यु (चिनियाँ नागरिक)
    २०. जोउ योङ (चिनियाँ नागरिक)
    प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलको नेतृत्वमा उद्धार कार्यमा स्थानीय प्रशासन, स्थानीय वासी लगायतको सक्रिय सहभागितामा उद्धार कार्य निरन्तर भइरहेको छ।