

-
नेपाल चीन कुटनैतिक संबन्ध स्थापनको ७० औं वार्षिकोत्सवका अवसरमा नेपाली महावाणिज्यदूतावास, ल्हासा र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रुपमा नेपाल र चीनको सिजाङ स्वायत्त प्रदेशका भगिनी संबन्ध भएका शहरहरूबीच समन्वय तथा अनुभव आदान प्रदान बैठक असार १० गते ल्हासामा सम्पन्न भयो ।सन् १९९९ मा बनेपा नगरपालिका र सिगात्से नगरबीच संबन्ध स्थापना भइ शुरु भएको भगिनी संबन्ध स्थापना भएको २५ बर्ष पुगिसकेको छ । यस बीच लिन्ची पोखरा, ल्हासा काठमाण्डू, सान्नान भक्तपुर, कारुऔ जिरी, नाक्चु टोखा र सिगात्से भरतपुर बीच संबन्ध स्थापित भइसकेको छ भने अली र धुलिखेल संबन्ध स्थापनको प्रक्रियामा छन् ।
संबन्ध भएका सबै नगरपालिकाहरूलाइ समेटेर इतिहासमै पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । नेपालबाट बागमती प्रदेश सरकार एवम् काठमाण्डौ, पोखरा र भरतपुर महानगरपालिका तथा धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुर नगरपालिकाका प्रतिनिधि गरी २१ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सिजाङका ल्हासा, सिगात्से, लिन्ची, नाक्चु, सान्नान, कारुओ नगर तथा आली प्रिफेक्चरको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै सिजाङ सरकारका उपाध्यक्ष झाओ पिंगले यो कार्यक्रमबाट नेपाल चीन संबन्धमा नयाँ आयाम थप हुने विश्वास व्यक्त गरे भने नेपाली प्रतिनिधिमण्डलका नेता मेयर आचार्यले चिनियाँ पक्षले दिएको न्यानो आतिथ्य, उनीहरूको सहयोगको भावना र साझा भविष्य निर्माण गर्ने दिशामा उनीहरूको सक्रिय पहलको लागि आभार व्यक्त गरेका थिए । बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालले कार्यक्रममा नेपाल र सिजाङका स्वायत्त क्षेत्रका शहरहरू बीच पर्यटन, संस्कृति, शिक्षा, व्यापार, प्रविधि र अन्य क्षेत्रहरूमा सहकार्यको सम्भावनाको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले कार्यक्रमले भगिनी शहरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
नेपाल र सिजाङका प्रदेशका शहरहरूबीच भगिनी शहर सम्बन्ध स्थापना भएको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा धुलिखेल र अली प्रिफेक्चर बीच भगिनी संबन्ध स्थापना गर्ने आसयपत्रमा हस्ताक्षर समेत भएको थियो ।
News Desk 0 response आइतवार, असार १५, २०८२
कार्यक्रम पछि नेपाली सहभागीहरूले नेपाल र चीन बीचको पारस्परिक सम्बन्ध र विशेष गरी भगिनी शहरहरूबीचको संबन्ध मार्फत दुइ देश र जनताका बीचको संबन्ध अझ गहिरो बन्ने र अर्थपूर्ण परिणामहरू ल्याउनेमा विश्वास व्यक्त गरेका छन्

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


