

-
काठमाडौं : सरकारले जनप्रतिनिधि रिक्त रहेका क्षेत्रमा उपचुनावका लागि आवश्यक तयारी थालेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र पालिकामा रिक्त विभिन्न पदको चुनावका लागि मिति तोक्ने गरी निर्वाचन आयोगसँग परामर्श लिने काम भइरहेको छ ।
आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तको टोलीले भेट गरेको छ ।
प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर–३, गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो हप्ता चुनाव गर्ने गरी मिति तोक्ने तयारी छ । रुपन्देही–३ मा राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै मनाङ क्षेत्र नम्बर १ ९ख० का प्रदेशसभा सदस्य दीपक मनाङे पदमुक्त भएका छन् । असार १६ गतेभित्र मिति तोक्ने आयोगले तयारी गरेको छ ।
त्यस्तै पालिकामा १३ वटा वडाध्यक्षको पद रिक्त छ । त्यस्तै आउँदो फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रियसभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि चुनाव हुनेछ । एक जनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
प्रधानमन्त्री ओलीले उपचुनावका लागि आयोगले गरेको तयारीअनुसार आवश्यक सहजीकरणका लागि सरकारको तर्फबाट सहयोग हुने बताएका छन् ।
News Desk 0 response शुक्रबार, असार ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


