

-
काठमाडौं : सङ्घीय संंसद्को संयुक्त बैठकमा पेश भएको आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको बैठकमा छलफल सुरू भएको छ । जेठ १५ गते प्रस्तुत बजेटमाथि १८औं दिनमा बल्ल आज छलफल सुरू भएको हो ।
यसअघि विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गरेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर बैठकको अवरोध हटाएपछि आज बैठक चलेको हो । तर आज विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नाराबाजी गरेका छन् ।
रास्वपाले बेल घेराउ र राप्रपाले सिटबाट उठेर विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले बैठक अघि बढाएर बजेटमाथिको छलफल गराएका हुन्।
आजको बैठकमा अर्थमन्त्री पौडेलले वक्तव्यहित आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरे । छलफल प्रक्रियामा सुरूमा नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले भाग लिएका छन् ।
News Desk 0 response आइतवार, असार १, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


