

-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन् ।
आयोगको हीरक जयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरेका हुन् । जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा आफूलाई खुशी लागेको उनको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवापुस्तामा विश्वासको वातावरण सिर्जना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले देशको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्रको आवश्यकता रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा भिन्न तर राजनीतिको नजिक रहेर काम गर्ने संवैधानिक संयन्त्रका रूपमा व्याख्या गर्दै सरकारको कार्यसफलता धेरै हदसम्म कर्मचारीको सक्षमतामा निर्भर रहने उल्लेख गरे ।
News Desk 0 response आइतवार, असार १, २०८२

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



