• काठमाडौं : बाजुराको बुढीगङ्गा नगरपालिका–६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । दिउँसो ४ बजे शुरू भएको आगो अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीका कारण बजार क्षेत्रका १२/१५ वटा पसल जलेका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । अहिले डोजर र पानी ट्याङकरको सहयोगले आगो निभाउने प्रयास भइरहेको छ ।