• काठमाडौं : सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुई जना गोताखोर नदीमा सम्पर्कविहिन भएका छन् ।

    आज दिउँसो सवा तीन बजे कोशी ब्यारेज नजिकैबाट दुई जना जवान हरिदेव राजवंशी र सुरज साउद नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    उनीहरु खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भएका हुन् ।