

-
कीएभ : युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ।
यस आक्रमणमा, युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा ११७ वटा ड्रोन प्रयोग गरी, ४ वटा रुसी सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेको जनाएको छ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त आक्रमणमा रुसका ४० वटा युद्धविमानहरूलाई निशाना बनाइएको जानकारी दिए । यसले रुसका ३४ प्रतिशत रणनीतिक क्रूज मिसाइल क्यारियरहरूलाई असर पुर्याएको उनले दाबी गरे।
एसबीयू स्रोतहरूले बताएका अनुसार, यो आक्रमण तयारी गर्न डेढ वर्ष समय लागेको थियो। ड्रोनहरू काठका मोबाइल क्याबिनमा लुकाएर, ट्रकमा राखिएका रिमोट(नियन्त्रित छाना भएका सवारीहरू प्रयोग गरेर एयरबेसहरू नजिकै ल्याइएका थिए। त्यसपछि उनीहरूलाई ‘सही समयमा’ प्रक्षेपण गरिएको थियो।
रुसले आफ्ना पाँच क्षेत्रमा युक्रेनी आक्रमण भएको पुष्टि गरेको छ र यसलाई ‘आतङ्कवादी कार्य’ भनेको छ। उता युक्रेनी अधिकारीहरूले पनि आफ्ना क्षेत्रमा ठुलो मात्रामा ड्रोन र मिसाइल आक्रमण भएको बताएका छन्।
यी घटनाहरूबिच, रुस र युक्रेनका वार्ताकारहरू सोमबार दोस्रो चरणको शान्ति वार्ताका लागि टर्कीको इस्तानबुल जाँदैछन्। यद्यपि, दुवै पक्षको युद्ध अन्त्य गर्ने विषयमा ठुलो मतभेद रहेकोले वार्ताबाट धेरै आशा गरिएको छैन।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए। अहिले रुसले युक्रेनको करिब २०५ भूभाग नियन्त्रणमा लिएको छ, जसमा सन् २०१४ मा कब्जा गरिएको दक्षिणी क्राइमिया प्रायद्वीप पनि पर्छ।
आइतबार अबेर सामाजिक सञ्जालमा जेलेन्स्कीले एसबीयू प्रमुख वासिल मल्युकलाई ‘एकदमै उत्कृष्ट नतिजा’ को लागि बधाई दिएका छन्।
बीबीसी
News Desk 0 response सोमवार, जेष्ठ २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



