• काठमाडौं : संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ ।

    समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।

    हिजो काठमाडौंमा भएको प्रदर्शनको क्रममा हिरासतमा लिइएका नेताहरु रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेसबुकमार्फत आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने बताएका थिए ।