• काठमाडौँ । 

    लामो जागिरे जीवनमा उनले तीन दशक हाराहारी निर्वाचन आयोगमा सेवा गरे । सधैँ शान्त स्वभाव देखाउने ती शाखा अधिकृतकोे कसैप्रति वैरभाव थिएन । लामो संगत गरेका सहकर्मी पनि उनीप्रति यस्तै टिप्पणी गर्छन् । अनि पैसाकै पछि लागेर मोजमस्ती गर्ने चाहना पनि थिएन । त्यही भएर सरकारले जता खटायो उतै बसिरहे । पछिल्लो समय सचिवको सचिवालयमा सेवा गरे । निर्वाचन अयोगमा सचिवको कार्यकक्ष अगाडि कुर्सीमा बसेर शान्तसँग आगन्तुकलाई सेवा गर्ने उनको दैनिकी थियो । उनी अर्थात शाखा अधिकृत प्रकाश भण्डारी पछिल्लो समय गृहसचिव गोकर्णमणि दुवाडीको सचिवालयमा थिए । निर्वाचन आयोगमा गरेको काम चित्त बुझेर दुवाडीले भण्डारीलाई गृहसम्मै ल्याए ।


    योबीचमा हुम्ला जिल्लाको कायम मुकायम प्रमुख जिल्ला अधिकारी पनि हुने अवसर पाए । तर, धेरै दिन त्यहाँ बसेनन् । पुनः गृहमन्त्रालय नै फर्किए । गृहमन्त्रालयमै रहँदा जागिरे जीवनको उत्तराद्र्धमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा काम गर्दै थिए । त्यहाँ बसेर कति काम गरे थाहा छैन । तर, झण्डै एक महिना अघि आफैँ ईहलीला समाप्त गरे । अथवा आफैँले डोरी किनेर घर लगे अनि त्यही डोरी घाँटीमा पासो लगाएर घरको भर्याङ्गमा झुण्डिए ।


    उनलाई किन जीवनसँग बिरक्त लाग्यो धेरै लाई थाह छैन । तर, शान्त स्वभावका भण्डारी कहिल्यै नफर्कने बाटो लागे । पारिवारिक स्रोतका अनुसार कार्य क्षेत्रमा तनाव भएको कहिल्यै बताएनन् । कार्यालयका सहकर्मीकै अनुसार पनि तनावका कुरा कहिल्यै गरेनन् । तर, उनलाई छोराको पीर थियो । छोरोको पेटमा भएको समस्या र उपचारको चक्करमा भने उनी थिए । बुझ्नेहरु भन्छन्,‘ यही समस्याको पीडामा उनले जीवन समाप्त पारिदिए ।’ तर, सत्य के हो खोलेनन् ।

    । उनले जीवन जिउन रहर नलागेर आफैँले आफूलाई सकाए । अथवा आत्महत्या गरे ।