

-
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई बुधवार अख्तियारको नियन्त्रणमा पुगेका छन् । माथिदेखिकै मिलेमतोमा गैरकानुनी काम हुने गरेका कारण उनलाई बार्वाही हुनेमा आशंका छ । त्यसोत भट्टराई जोडेर समाचार आएपछि उनलाई गृहमन्त्रालय तानिएको थियो । कार्वाहीबाट बचाउन गहृमन्त्रालय तानिएको शंका गरिएको छ । बिगतमा काम भएर रोकिएको विमानस्थलमा अहिले पुन अबैध काम हुन थालेको हो ।
केही वर्ष पहिले विमानस्थल अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्का दुई लाख रुपैयाँ घुससहित समातिए । उनीसँगै अन्य धेरै कर्मचारीको मिलेमतो देखिएको थियो । अध्यागमनमात्र होईन फर्जी कागजातका आधारमा बिदेश पठाउन सहयोग गर्ने विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरियो । योसँगै केही समय उक्त काम रोकियो । अहिले पुनः काम सुरु भएको छ ।
फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने धन्दामा नेपाल वायुसेवा निगमका कर्मचारीदेखि अध्यागमन कार्यालयका कर्मचारी पनि संलग्न छन् । केही बर्ष पहिले यो धन्दामा संलग्न रहेको पाइएपछि प्रहरीले निगमका अधिकृत होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादवलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार पोखरेलले रोलेक्स ट्राभलका कर्मचारी सञ्जय तामाङ र राजकिशोर साहबाट १८ लाख रुपैयाँ घुस बुझेका थिए । उक्त रकम रोलेक्सका सञ्चालक देवराज खनालले उपलब्ध गराएका थिए । निगमका सुब्बा यादवले अन्ट्राट्रिप ट्राभलका सञ्चालक मनुराज चौधरीबाट १२ लाख रुपैयाँ घुस बुझेका थिए । फर्जी कागजात बनाएर नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा अध्यागमन र वायुसेवा निगमका कर्मचारीले काम सुरु गरेका छन् । तर, प्रहरीले वेवास्ता गरिरहेको छ ।
जानकारहरुका अनुसार यसरी कर्मचारीले संकलन गरेको रकम माथिल्लो निकायसम्म पुग्ने गरेको छ ।
त्यसका लागि विमानस्थल कार्यालय र त्यहाँको अध्यागमन कार्यालय जान निक्कै रस्साकस्सी हुन्छ । अहिले अध्यागमन विभागका निर्देशक गोविन्द रिजाल र विमानस्थल कार्यालयका प्रमुख तीर्थ भट्टराईले रकम संकलनको नेतृत्व गरिरहेको एक बिचौलियाले बताए ।
बिगतमा आफूसँग काम गरेका र अहिले अर्कै कम्पनीमार्फत रकम असुल्न थालेपछि उनी आक्रोशित बनेका हुन् । त्यतिमात्र होईन विमानस्थलको अध्यागमन कार्यालयमा हुने अवैध कामको अतिरिक्त रकम गृहमन्त्रालयको उच्चपदस्थसम्म पुग्ने गरेको एकपूर्व कर्मचारीले बताए ।
ती भुक्तभोगीकाअनुसार विमानस्थलमा कर्मचारीको मिलेमतोमा कोड भाषा प्रयोग हुन्छ । अवैध मानिसलाई बिदेश पठाउने फर्जी कागजातको लागि कोड भाषा नै निर्माण गरिएको छ ।सूचनाअनुसार दैनिक ३ सय देखि ४ सय मानिससम्म यसरी फर्जी कागजातका मानिसहरु देश बाहिर जाने गरेका छन् । उनीहरु पर्यटक भिषामा विमानस्थलबाट बाहिरिन्छन् । यसको संयोजन भने ट्राभल एजेन्सीले गर्ने गरेको छ ।
पर्यटक भिषामा बाहिर गएकाहरु उतै लुकेर बस्नका लागि फर्जी कागजात अध्यागमन कार्यालय विमानस्थलका कर्मचारीले बनाउने गरेका छन् ।
यसरी फर्जी कागज बनाएको खाडी राष्ट्रको लागि पुरुषबाट ४० हजार रुपैयाँ र महिलाबाट २० हजार रुपैयाँ लिने गरिन्छ ।युरोपका मुलुक जानका लागि पुरुष अथवा महिलालाई ५०–५० हजार रुपैयाँ असुल गरिन्छ । चिली, ब्राजिल जस्ता देशहरूका लागि प्रति व्यक्ति १ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । अमेरिका जस्ता ठूला देशका लागि जतिपनि रुपैयाँ तिर्न तयार हुने मानिस भेटिएका छन् ।
यसरी दैनिक ३ सयदेखि ४ सय जना मानिस फर्जी कागजबाट बिदेश जाँदा पचास हजारकै दरमा पनि दैनिक लाखौं रुपैयाँ संकलन हुने गरेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ९, २०८२
यो बिषय प्रतिनिधिसभामा पनि उठाईएको थियो । रास्वपा सांसदले यो बिषय उठान गरेका कारण अन्य सत्तारुढ दलका सांसदले उल्टो खिसीट्युरी गरेका थिए ।
ट्राभल एजेन्सीको लाईनमा अध्यागमन कर्मचारीको मिलेमतोमा करोडौं अवैध रकम संकलन हुने भएपनि यस बिषयमा प्रहरी प्रशासन र अख्तियारवाला निकाय आँखामा पट्टी बाँधेर बसेको छ । सत्तारुढ दलकै कर्मचारीका युनियनको दादागिरीमा यहाँ कर्मचारीहरु पठाउने कारण पनि तै चुप मै चुपको अवस्था रहेको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


